हेटौंडा-काठमाडौँ आवतजावत गर्ने ३ वटै छोटो मार्ग अवरूद्ध
मकवानपुर- मकवानपुर हुँदै काठमाडौँ जोड्ने ३ वटै छोटो मार्गहरू अवरूद्ध भएका छन् ।
दुई दिनदेखि निरन्तर वर्षा भएपछि मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर-४ केराघारीमा पहिरो गएको छ । पहिरो गएपछि हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडक अवरूद्ध भएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
यता हेटौंडाबाट काठमाडौँ जोड्ने अर्को मार्ग पनि बन्द रहेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ रामचन्द्र भञ्ज्याङमा पनि पहिरोले बाटो अवरूद्ध हुँदा हेटौंडा-सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो पनि अवरूद्ध भएको छ ।
यता हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथ वर्षासँगै सवारी आवागमनमा जोखिम भएको भन्दै रोक लगाइएको छ ।
निर्माणकै क्रममा रहेको उक्त सडकमा वर्षाका कारण हुन सक्ने खतरालाई मध्यनजर गर्दै सवारी आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
बारा, पर्सालगायतका तराईका जिल्लाहरूबाट मकवानपुरको सिस्नेरी हुँदै र मकवानपुरको भिमफेदी, कुलेखानी हुँदै दैनिक हजारको संख्यामा टाटा सुमोहरू संचालन हुने गरेको छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया