बागमती

मकवानपुरबाट राष्ट्रिय परिचयपत्र बनाउन पनि अनलाइन फारम भर्नुपर्ने

इकागज |
असार २१, २०७९ मंगलबार २०:४ बजे

मकवानपुर । राष्ट्रिय परिचयपत्र विवरण दर्ताको लागि मकवानपुर सेवाग्राहीले अनलाइन फाराम भर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको लिङ्क मार्फत अनलाइन फाराम भर्न भनिएको छ ।

सूचनामा अनलाइन फाराम भरिसकेपछि फारममा दिइएको मितिमा मात्र बायोमेट्रिकको लागि सक्कल कागजातसहित कार्यालयमा उपस्थित हुन उल्लेख गरिएको छ।


नेपाल सरकारले ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै जिल्ला प्रशासन कार्यालयमा एकाबिहानैदेखि लाइन बस्नेहरुको घुइँचो लाग्ने गरेको थियो । अनलाइन फारम भर्नु पर्ने भए पछि कार्यालयमा हुने भिड कम हुने छ भने सेवाग्राहीले विभिन्न किसिमका सास्ती भोग्नु नपर्ने भएको छ ।


Author

थप समाचार
x