बागमती

३१ विद्यार्थीलाई छात्रवृत्ति

इकागज |
चैत २३, २०७७ सोमबार ११:३८ बजे

काभ्रे : बेथानचोक गाउँपालिकास्थित पार्वती माध्यमिक विद्यालयका ३१ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । क्रिन्जल फाउण्डेशन नेपालको 'शिक्षा दीक्षा कार्यक्रम' अन्तर्गत वितरण गरिएको उक्त छात्रवृत्ति अमेरिकामा बसोबास गर्ने नेपाली विद्यार्थीले दिएका हुन् ।

विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ३१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यर्थीका लागि प्रति विद्यार्थी पाँच हजार पाँच सय रुपैयाँ, कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी आठ हजार दुई सय पचास रुपैयाँ र कक्षा ९ र १० अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी ११ हजार रुपैयाँका दरले कुल २ लाख २६ हजार रुपैयाँ रकमको छात्रवृत्ति प्रदान गरिएको क्रिन्जल फाउण्डेशनले जानकारी दियो । 


बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले छात्रवृत्ति वितरण गरेको प्रति आभार व्यक्त गरे । यो सहयोगको कुनै दुरुपयोग नहुने र सम्पुर्ण छात्रवृत्ति रकम विद्यार्थीको सिकाइ प्रयोजनमा मात्र खर्च गरिने उनले बताए ।


Author

थप समाचार
x