बागमती

पाँच पोखरीमा बाढीले क्षति पुर्‍याएका र जोखिममा रहेका बस्ती स्थानान्तरणको काम सुरू

इकागज |
असार २२, २०७९ बुधबार २१:३९ बजे

फाइल तस्बिर

सिन्धुपाल्चोक- यही असार १ तथा त्यसपछि आएको बाढीका कारण क्षति पुगेका बस्ती स्थानान्तरणको काम सुरू भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा याङ्ग्री लार्के खोलामा आएको बाढीबाट प्रभावित भएकाको स्थानान्तरणको प्रक्रिया सुरू भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । 

पाँचपोखरी थाङ्पाल गाउँपालिकाले विशेषगरी याङ्ग्री, सुनचौर, माइखर्क, भाङ्च्युङ र तिपेनीमा स्थायी बसोबास गर्ने बस्तीका बाढीपीडितलाई यस ठाउँबाट अन्यत्र स्थानान्तरण गर्नका लागि  जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र पुनःनिर्माण प्राधिकरणमा पहल गरेको थियो । 


भौगर्भिक अध्ययनबाट १६९ घरपरिवारलाई स्थानान्तरणका लागि लाभग्राही कायम गरिएको गाउँपालिकाले जनाएको छ । जसमा पुनःनिर्माणका लागि १३ र प्रबलीकरण अर्थात मर्मतका लागि दुई गरी जम्मा १८४ जना लाभग्राही कायम गरिएको अध्यक्ष लामाले जानकारी दिए ।

बाढी प्रभावितले जग्गाको व्यवस्थापन गर्न सकेमा यही महिनाभित्र पुनःनिर्माणका लागि सम्झौता गरी प्रक्रिया अघि बढाउने गाउँपालिकाले जनाएको छ । रासस


Author

थप समाचार
x