बागमती

प्रदेशस्तरमा विशिष्ठ योगदान पुर्‍याउनेलाई वाग्मतीद्वारा पदक

इकागज |
असार ३०, २०७९ बिहीबार १८:२ बजे

मकवानपुर । चौतर्फी विरोधका बावजुद बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विशिष्ठ योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पदक वितरण गरेको छ । प्रदेश सरकारले विभिन्न २२ वटा विधामा पदक वितरण गरेको हो ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पदक वितरण गरेका हुन् । गणतन्त्र दिवसका अवसरमा निर्णय भए अनुसार उनीहरुलाई सम्मान गरिएको हो ।


प्रदेश सरकारले सुरक्षातर्फ ‘शान्तिमाला’ पदक मार्फत नेपाल प्रहरीका तीनजनालाई, ‘प्रदेश रक्षक’ पदक मार्फत सशस्त्र प्रहरी बलका एकजनालाई, ‘शान्तिदीप’ पदक मार्फत नेपाली सेनाका एकजनालाई, शिक्षातर्फ ‘प्रदेश दीप’ पदक मार्फत चारजनालाई, स्वास्थ्यतर्फ ‘मृत्युञ्जय’ पदक मार्फत दुईजनालाई, खेलकुदतर्फ ‘प्रदेश शान’ पदक मार्फत दुईजनालाई सम्मान गरिएको छ ।

त्यस्तै सरकारले कृषितर्फ ‘कृषि किरण’ पदक मार्फत दुईवटा कृषि फर्म, सहकारीतर्फ ‘सहकारी प्रवद्र्धन’ पदक मार्फत दुईवटा सहकारीलाई सम्मान गरेको हो । उद्योगतर्फ ‘उद्यमशीलता’ पदक मार्फत तीनजनालाई, पर्यटनतर्फ ‘प्रदेश द्रष्टा’ पदक मार्फत एकजनालाई, वातावरणतर्फ ‘वातावरण संरक्षण’ पदक मार्फत एकजनालाई, पूर्वाधार विकासतर्फ ‘विकास सेवी’ पदक मार्फत एकजनालाई, सूचना तथा सञ्चारतर्फ ‘प्रदेश दूत’ पदक मार्फत तीनजनालाई, विज्ञानतर्फ ‘अन्वेषण’ पदक मार्फत एकजनालाई सम्मान गरिएको हो ।

यसैगरी प्रविधितर्फ ‘नव प्रवर्तन’ पदक मार्फत दुईजनालाई, भाषातर्फ ‘सुभाषिक’ पदक मार्फत एकजनालाई, कलातर्फ ‘कलाकिर्ति’ पदक मार्फत तीनजनालाई, संस्कृतितर्फ ‘संस्कृतिदीप’ पदक मार्फत एकजनालाई , साहित्यतर्फ ‘प्रदेश द्रष्टा’ पदक मार्फत एकजनालाई, सार्वजनिक प्रशासन तथा सुशासनतर्फ ‘जनसेवा’ पदक मार्फत एकजनालाई, विपद् व्यवस्थापनतर्फ ‘विपदसेवी’ पदक मार्फत दुई नगरपालिकालाई र समाज सेवा तथा लोककल्याणतर्फ ‘प्रदेश परोपकार’ पदक मार्फत छ जनालाई सम्मान गरेको हो ।

कार्यक्रममा बागमती प्रदेश प्रमुख शर्मा, प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र सभामुख सानुकुमार श्रेष्ठले पदकबाट सम्मान गरिएको हो । प्रदेश सरकारले बिभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पनि आजै सम्मान गरिएको छ ।


Author

थप समाचार
x