बागमती

उच्च अदालत पाटन, हेटौँडा इजलासमा दुई वर्ष नाघेका चार मुद्दा बाँकी

इकागज |
असार ३१, २०७९ शुक्रबार २१:३ बजे

हेटौँडा- उच्च अदालत पाटन हेटौँडा, इजलासमा दुई वर्ष नाघेका चारवटा मुद्दा फर्छ्याेट गर्न बाँकी रहेका छन् । पत्रकारसँगको अन्तर्क्रियामा आज उच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले रित नपुगेको कारण चार मुद्दा फर्छ्याेट हुन बाँकी रहेको जानकारी दिए ।

जसमध्ये एक अङ्ग नपुगेको र एक सर्वोच्चमा विचाराधीन रहेको उनले जानकारी दिए । न्यायाधीश मुसलमानले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याेट भएको बताए । जुनसुकै बेलामा मुद्दाका विषयमा प्रवक्तासँग जानकारी लिन पत्रकारलाई आग्रह गर्दै उनले अदालतको सबै फैसला सार्वजानिक गर्ने गरेको प्रष्ट पारे । 


उनले गोला प्रथा लागु भएपछि न्यायाधीश १० बजे आउने र ११ बजे नै बेन्च बस्‍ने गरेको बताए । सोही कारण लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्न सफल भएको उनको भनाइ छ । आर्थिक वर्ष २०७८/७९ का अनुमानित वार्षिक फर्छ्याेट लक्ष्य एक हजार १९४ रहेकोमा एक हजार २८४ फर्छ्याेट भएको अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टले बताए । उनले नयाँ दर्ता अनुमान एक हजार १४९ रहेको र लक्ष्य पुग्‍न बाँकी ९० थान रहेको बताए । रासस


Author

थप समाचार
x