बालेन शाहले दिए नेपाल समाचारपत्र र हिमालय टेलिभिजनविरूद्ध प्रेस काउन्सिलमा उजुरी
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल समाचारपत्र र हिमालय टिलिभिजनविरूद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् ।
उनले प्रेस काउन्सिलमा साउन १ गते उजुरी दिएका हुन् ।
'काठमाडौँ महानगरको आर्थिक वर्ष २०७९/८० को प्रस्तावित बजेट तथा कार्यक्रममा विनियोजन बजेट रकम कुनै आमुक संस्थालाई उपलब्ध गराउन लागिएकाे भन्ने तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार प्रति काठमाडौँ महानगरपालिकाकाे गम्भीर ध्यानाकार्षण भएकाे छ,' विज्ञप्तीमा उल्लेख गरिएकाे छ।
सञ्चार माध्यमहरूले व्यवसायिक पत्रकारितालाई ख्याल नगरी एकतर्फी रूपमा प्रकाशन र प्रसारण गरेका तथ्यहीन समाचारहरूले भ्रम सिर्जना हुने भन्दै यसबाट व्यक्तिगत र संस्थागत गरिमामा आँच पुगेको पनि महानगरले बताएको छ ।
तत्पश्चात् महानगरले यी दुई मिडियाविरूद्ध क्षतिपूर्तिसहितकाे कारबाहीकाे माग गरेकाे मेयर शाहले बताएका छन्।
उनले विज्ञप्तीमार्फत् भनेका छन्, 'पत्रकार आचार संहिता, २०७३ (पहिलो संशाेधन, २०७६ संहिता)काे दफा ४ बमाेजिम कर्तव्य पालना गरेकाे नदेखिएकाले साेही आचार संहिताकाे दफा ७ बमाेजिम नेपाल समाचारपत्र र हिमालय टेलिभिजन प्रकाशन प्रशारण गर्ने संस्थालाई क्षतिपूर्तिसहितकाे कारबाहीकाे माग गर्दछु।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया