कोभिड-१९ संक्रमित बढेपछि नि:शुल्क उपचारको व्यवस्था मिलाउन आग्रह
मकवानपुर । कोभिड-१९ को संक्रमण बढेपछि जिल्ला कोभिड व्यवस्थापन समिति मकवानपुरले यसबारे चासो राखेको छ ।
समितिको आज बसेको बैठकले हेटौडा अस्पताल, हेटौडामा कोभिड १९ संक्रमित व्यक्तिहरूको निशुल्क रूपमा उपचार गर्ने सम्बन्धमा कोभिड १९ को उपचारमा कार्यरत जनशक्तिहरूको म्याद थप र उपचारको शोधभर्नाको व्यवस्थाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबार, काठमाडौं र स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश, हेटौडालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
केही हप्तादेखि निरन्तर बढ्दै गइरहेको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्लाभित्र स्वास्थ्य संस्थाहरूमा आवश्यक वेड, स्वास्थ्य सामाग्री, जनशक्ति, औषधी र अक्सिजनलगायतलाई तयारी अवस्थामा राख्न जिल्लास्थित अस्पताल तथा स्थानीय तहहरूलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले बताए ।
कोभिड १९ को परीक्षणको दायरा बढाउन स्थानीय तहहरूलाई अनुरोध गर्ने निर्णय गर्दै केन्द्रले कोभिडको संक्रमण बढ्दै गइरहेकोले जनस्वास्थ्यको मापदण्ड पालना गर्न समेत अनुरोध गरेको छ।
यसैगरी कोभिड १९ को खोप तथा बुष्टर खोप लगाउन छुटेका समूहहरूको पहिचान गरी त्यस्ता समूहलाई लक्षित गरी खोप र बुष्टर खोप कार्यक्रम अभियान सञ्चालन गर्न स्वास्थ्य कार्यालय, मकवानपुरले स्थानीय तहहरूसँग समन्वय गर्ने निर्णय गरिएको छ।
स्वास्थ्य मापदण्ड पालना गराउन स्थानीय तहहरू, स्वास्थ्य कार्यालय, मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ, मकवानपुर, नेपाल पत्रकार महासंघ र गैर सरकारी संघसंस्थाहरूलाई सन्देशमूलक जानकारी प्रचार प्रसार गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया