उपकुलपति, रजिस्ट्रार र संयोजकलाई कारण देखाऊ आदेश
मकवानपुर- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार र संयोजकलाई कारण देखाऊ आदेश जारी भएको छ ।
उच्च अदालत पाटन, हेटौँडा इजलाशले प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी, रजिस्ट्रार राजेश प्रसाईं र संयोजक चिरञ्जीवी चुडाललाई कारण देखाऊ आदेश जारी भएको हो ।
उपकुलपति, रजिस्ट्रार र संयोजकले पदीय हिसाबले काम नगरेको र प्रतिष्ठान नै धरासायी बनाउन खोजेको भन्दै युवा संघ मकवानपुरका उपाध्यक्ष सफल अधिकारीले दायर गरेका थिए ।
निषेधाज्ञासहितको उत्प्रेषणयुक्त परमादेश जारी माग भएकामा तीनैजनालाई कारण देखाउ आदेश जारी भएको हो । वरिष्ठ अधिवक्ता एकराज बास्तोलाले बहस गरेका थिए । उच्च अदालतकी न्यायाधीश निर्मला शाक्यको एकल इजलाशले प्रतिवादीहरुलाई कारण देखाऊ आदेश जारी भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया