बागमती

काठमाडौँ महानगरले किन भन्यो एक सातासम्म घरभित्र फोहोर राख्‍न ?

इकागज |
साउन ४, २०७९ बुधबार १९:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- एक सातासम्म काठमाडौँ महानगरबासीले घर-घरमा फोहोर राख्नुपर्ने भएको छ । सिसडोल सडकखण्ड निर्माण भइरहेकाले केही दिनका लागि उक्त सडकमा सवारीसाधन सञ्चालन नभएकाले महानगरले घरमा फोहोर राख्‍न अनुरोध गरेको छ ।

सडक निर्माण नभएसम्म घर-पसलबाट निस्केको फोहोर सडक र सार्वजनिक स्थानमा नफाल्न महानगरले अनुरोध गरेको छ । कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्नुपर्ने महानगरले जनाएको छ ।


'फोहोरमैला विसर्जन गर्न जाने सवारीसाधनको आवतजावतले कठिनाई उत्पन्न हुने भएकाले निर्माण कार्यलाई द्रुत गतिमा सञ्चालन गर्नको लागि उक्त सडक खण्डमा कम्तीमा एक साता सवारीसाधनको आवागमन बन्द गरिदिन सहरी विकास मन्त्रालयबाट पत्र आएको छ,' महानगरले जारी गरेको अपिलमा उल्लेख छ ।

 


Author

थप समाचार
x