बागमती

काठमाडौंँमा इजलास कक्षबाट न्यायिक समितिको काम सुरु

इकागज |
साउन १८, २०७९ बुधबार १८:४३ बजे

काठमाडौँ – काठमाडौँ महानगरको न्यायिक समितिले इजलासबाट न्याय निरुपणका काम थालनी गरेको छ । इजलास मर्मत भइरहेकाले यसअघि महानगरको सभा कक्षबाट काम हुँदै आएको थियो । 
एक वर्ष कैद हुन सक्ने फौजदारी मुद्दा, मेलमिलाप हुन सक्ने देवानी मुद्दा, २५ लाख रुपैयाँसम्म बिगो भएका घर बहाल र घर बहाल सुबिधा भएको मुद्दा न्यायिक समितिको जिम्मेवारीमा पर्छन् । 

समितिले गर्ने कामका विषयमा समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोल भन्छिन्, ‘वडाहरुमा मेलमिलाप कक्ष बनाएर विवादहरुलाई वडा तहमै समाधान गर्ने प्रयास हुनेछ । 


‘समितिमा आएका उजुरीहरुलाई छिटो र दुवै पक्षको जित हुने विधिबाट समाधान गर्ने प्रयास गरिनेछ ।’ उनले भनिन्।  महानगरका न्याय प्रशासक रामप्रसाद पौडेलका अनुसार समितिमा आएका उजुरीहरुलाई मेलमिलाप गराउनु नै पहिलो प्रयास हुनेछ ।

‘दुवै पक्षको कुरा सुन्नु पर्ने, विवादका विषयमा तथ्य र प्रमाण जुटाउनु पर्ने र मेलमिलापका दुवै पक्षलाई चित्त बुझाउनु पर्ने भएकोले कहिलेकाहीँ कुनै उजुरी फस्र्यौट हुन समय लाग्न पनि सक्छ,’उनले भने । 

त्यस्तै न्याय सम्पादन गर्दा कानूनका सर्वमान्य सिद्धान्त, नजीरको सिद्धान्त साथै प्रचलित ऐन कानूनको मुल्य मान्यताबमोजिम न्याय सम्पादन गर्छ । 


 


Author

थप समाचार
x