बागमती

जनतालाई गरिबीको चपेटाबाट मुक्त गर्छौ -  राना

इकागज |
भदौ १, २०७९ बुधबार १६:५३ बजे

मकवानपुर - नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले  श्रमजीवी वर्गको प्रतिनिधिमूलक पार्टी नेकपा एमाले भएको दाबी गर्दै एमालेले राष्ट्रिय पूँजीको विकास गरेर जनतालाई अवसर प्रदान गर्ने बताएका छन् । 

एमालेले जनवादी शासन व्यवस्था कायम गर्ने र जनतालाई गरिबीको चपेटाबाट मुक्त गर्दै समाजवादको लक्ष्यका साथ नेकपा एमाले अगाडि बढिरहेको उनले बताएका हुन् ।


नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नं. ८ कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रानाले शान्तिपूर्ण जनपरिचालनद्वारा राजनितिक जनक्रान्ति सम्पन्न भएपनि सामन्तवादका अवशेषहरू कायम रहेकोले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि जनताको समस्या र माग पूरा हुनसकेको बताए ।

देशको आमुल परिर्वतनको आधार सामाजिक, आर्थिक र साँस्कृतिक रूपान्तरण भएको उनले बताए । कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पार्टीद्वारा सञ्चालित सुदृढीकरण तथा शुद्धीकरण अभियानबारे जानकारी गराएका थिए ।

कार्यक्रममा एमाले मकवानपुर पार्टी सचिव नवीन सिग्देलले जबजको मान्यतामा पार्टी संगठन निर्माण र परिचालन गरिदै आएको बताए ।


Author

थप समाचार
x