बागमती

दलीय आबद्धता त्याग्‍न कर्मचारी र शिक्षकहरूलाई काठमाडौं महानगरको अपिल

इकागज |
भदौ ८, २०७९ बुधबार ६:४८ बजे

काठमाडौं - काठमाडौं महानगरपालिकाले आफूअन्तर्गतका कर्मचारी र शिक्षकहरूलाई दलीय आबद्धता त्याग्न आग्रह गरेको छ । सुशासन प्रवर्द्धन गर्न महानगरअन्तर्गतका शिक्षक र कर्मचारीहरू कुनै पनि राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थाको सदस्य हुनु कानुनसम्मत नहुने भन्दै दलीय आवदेधता त्याग्न आग्रह गरिएको हो । 

 राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ।
 



Author

थप समाचार
x