बागमती

लागूऔषधसहित पक्राउ

इकागज |
चैत ३१, २०७७ मंगलबार ६:५ बजे

काठमाडौँ : प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारागन र ३०० एम्पुल नुर्फिनसहित बारा कलैया उपमहानगरपालिका-४ घर भएका १९ वर्षीय धर्मेन्द्र माझीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

बाराको कलैयाबाट काठमाडौँ आउँदै गरेको बा३ख ६१४३ नंको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा धर्मेन्द्रलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।


यस्तै, सोही ठाउँबाट ५४० ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेटसहित सर्लाही हरिहरपुर नगरपालिका-४ घर भएका २३ वर्षीय यज्ञबहादुर श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।  

सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको ग१ख ८७८७ नंको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यज्ञ बहादुरसँग उक्त लागूऔषध फेला परेको थियो । दुवै घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस


Author

थप समाचार
x