चौतारामा औद्योगिक ग्राम बन्ने
सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका-४ मा औधोगिक ग्राम बन्ने भएको छ । ४० रोपनी क्षेत्रफल समेट्ने उक्त औद्योगिक ग्राम निर्माणका लागि नगरपालिका र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता भइसकेको छ ।
सम्झौता अनुसार औद्योगिक ग्रामका लागि यस आर्थिक वर्षको लागि मात्रै मन्त्रालयले ९२ लाख उपलब्ध गराउने छ । उक्त रकमले यस वर्ष जग्गा तयारी (फाउन्डेसन तयारी) गरिने नगरप्रमुख अमानसिं तामाङले जानकारी दिए ।
आइतबार नगरपालिकाले उक्त क्षेत्रमा प्राविधिकहरूसहित स्थलगत निरिक्षण गरेको हो । नगरपालिकाका अनुसार आगामी हप्ता यसका लागि टेन्डर आव्हान हुनेछ ।सम्भवत यो जिल्लाकै पहिलो औद्योगिक ग्राम हुनेछ ।
औद्योगिक ग्रामभित्र यी उद्योगहरू खोल्न सकिनेछ
- कृषि उत्पादन प्रशोधन उद्योग
- डेरी उद्योग
- जडिबुटी प्रशोधन उद्योग
- काठ तथा बाँस बाट बन्ने उत्पादनमुलक उद्योग
- खानी तथा खनिजमा आधारित उद्योग
- पानी प्रशोधन उद्योग
- विभिन्न प्रकारका मेसिन तथा मेसिनरी उद्योग
- प्राविधिक, सिपमुलक कार्यमा आधारित सामग्री उद्योग
- सफ्टवेयर सामग्री उत्पादन
- स्थानीयहरूको मागमा आधारित अन्य उद्योग रहने छ्न् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया