बागमती

चुनाव जितेकाहरूले समेत बुझाएनन् खर्च विवरण

इकागज |
भदौ १०, २०७९ शुक्रबार ८:२६ बजे

मकवानपुर - मकवानपुरका १० स्थानीय तहको निर्वाचनमा उम्मेदार भएका अधिकांशले खर्च विवरण सार्वजनिक गरेका छैनन् । जिल्लामा १० स्थानीय तहका १०२ वटा वडाहरू छन् । १० स्थानीय तहका प्रमुख/उपप्रमुख, १०२ वडाअध्यक्षसहित ५ सय ३० जना जनप्रतिनिधिहरूमध्ये १७ प्रतिशतले मात्रै निर्वाचन खर्च विवरण बुझाएका छन् ।  

निर्वाचन कानुन अनुसार तोकिएको समयमा निर्वाचन खर्च सार्वजनिक गरी आयोग समक्ष पेश गर्नपर्ने प्रावधान रहेको छ । निर्वाचन आयोगका अनुसार मकवानपुरमा निर्वाचन खर्च पेश नगर्नेमा गाउँपालिका अध्यक्ष एक जनासहित दुई जना उपाध्यक्ष, ५९ वडाअध्यक्ष र अधिकांश वडा सदस्यहरू रहेका छन् ।


निर्वाचनसम्बन्धी कानून अनुसार निर्वाचनको खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्था छ । कानुनी व्यवस्थाको बेवास्ता गत स्थानीय तहको निर्वाचनमा मकवानपुरका १० वटै पालिकामा उम्मेदारी दिएका १ हजार ५८५ जना उम्मेद्वारले निर्वाचन खर्च विवरण पेश गरेका छैनन् ।

 जिल्लाको १० स्थानीय तहमा ५ सय ३० पदको लागि १ हजार ९ सय ३१ जनाले उम्मेदवारी दिएका थिए । जसमा ३ सय ४६ जनाले मात्रै कानून बमोजिम निर्वाचन खर्चको विवरण पेश गरेको प्रदेश निर्वाचन कार्यालयका शाखा अधिकृत गोविन्द प्रसाद पौडेलले जानकारी दिए ।  

आयोगले कानून अनुसार निर्वाचन खर्च सार्वजनिक नगर्ने उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ५ जना वडा अध्यक्षहरूले निर्वाचन खर्च बुझाएका छैनन् । 

गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, उपाध्यक्ष उमा कुमारी लामा, वडाअध्यक्षहरू सुवास थापा मगर, सुमन श्रेष्ठ, प्रताप भोञ्जन, चन्द्र कुमार बल, दुतराज तीतुङले निर्वाचन खर्च बुझाएका छैनन् ।

हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौपाने, वडा नम्बर ३ का  वडा अध्यक्ष ढलक बहादुर थापा, वडा नम्बर ६,७,८ का वडा अध्यक्षहरू क्रमशः विष्णु बहादुर दाहाल दामोदर गौतम, र रामकृष्ण थापा, १३ वडा अध्यक्ष पेम्बा लामाले खर्च विवरण बुझाएका छैनन् । यसैगरी वडा नम्बर १६,१७ र १८ का वडा अध्यक्षहरू रामकृष्ण कोइराला, उद्धव सत्याल र अनिल कुमार बानियाँले पनि निर्वाचन खर्च बुझाएका छैनन् ।

त्यस्तै बकैया गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष भुमल सिं घलान, ४ का राजन दंगाल, ५ का लक्ष्मी जिम्बा, ६ का फुलबहादुर भोम्जन, ९ का टंकध्वजज लोप्चन, १० का कमला कुमारी वाईबा, ११ का गोपाल नेसुर र १२ का ज्ञानेन्द्र बजागाईले निर्वाचन आयोगमा खर्च विवरण पेश गरेका छैनन् ।

निर्वाचन कानून अनुसार निर्वाचन खर्च सार्वजनिक गरी पेश नगर्नेहरूको सूचि लामै छ । जिल्लाको  कैलाश गाउँपालिका वडा नं. १ का तेज बहादुर ब्लोन, २ का राजेन्द्र तामाङ घिसिङ, ४ का छेकु लामा, ६ का राम बहादुर गोम्बा, ७ का उदास कुमार भोलन, ८ का आशिष प्रजा, ९ का भुवन सिं घलान र १० का सुर्य बहादुर ब्लोन रहेका छन् ।

त्यस्तै राक्सिराङका वडा नं. १ का बाबीराम मुक्तान, २ का बुद्धराम मोक्तान, ३ का उक्तम वाईबा, ४ का संजय कोइराला, ५ का हरि बहादुर प्रजा, ७ का राम बहादुर प्रजा र ९ का रामकुमार वाल्वा थिङले पनि खर्च बुझाएका छैनन् ।  निर्वाचन आयोगका अनुसार निर्वाचन खर्च नवुझाउनेमा मनहरी गाउँपालिका वडा नं.१ का शिव प्रसाद खनाल, ६ का युवराज थपलिया, ७ का ठाकु राम तितुङ, ८ का नारायण उप्रेती र ९ का राजकुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै मकवानपुरगढी गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष बखान सिंह पाख्रिन, ३ का भागवत घिमिरे, ४ का अर्जुन प्रसाद तिमल्सिना, ५ का दिपेश दहाल, ७ सुर्य बहादुर रुम्बाले पनि खर्च विवरण बुझाएका छैनन् ।  बागमती गाउँपालिकामा निर्वाचन खर्च सार्वजनिक नगर्नेहरूमा उपाध्यक्ष फडिन्द्र तिमल्सिना, ६ नम्बर वडाअध्यक्ष टेक बहादुर डिम्डुङ, ७ का उत्तर बहादुर ब्लोन, ८ का इन्द्रमणि तिमल्सिना र ९ का पुनराम घलान रहेका छन् । त्यसैगरी थाहा नगरपालिका वडा नं. ५ का बिष्णु बहादुर गुरुङ, ८ का हेम कुमार थिङ र १० का हिरा बहादुर गमाल रहेका छन् । अन्तमा भिमफेदी गाउँपालिका वडा नं.६ का सोम बहादुर घलान र ७ का मित्र बन्धु सिजालीले निर्वाचन खर्च पेश नगरेको भन्दै आयोजले नामावलि सार्वजनिक गरेको छ ।

निर्वाचन खर्च आयोगले तोकेको समयमा नबुझाएपछि उम्मेद्वारलहरूलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न सुचना जारी गरेको थियो । तर, स्पष्टीकरणको अन्तिम दिनसम्म पनि विवरण प्राप्त नभएको आयोगले जनाएको छ ।


Author

थप समाचार
x