एमाले प्रदेश कमिटीको निर्वाचन लक्षित तयारी बैठक
मकवानपुर- आसन्न निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले बागमती प्रदेश कमिटीका पदाधिकारीहरूको बैठक बसेको छ ।
बैठकले निर्वाचन योजनाको तयारी स्वरूप विभिन्न निर्णय गरेको छ । नेकपा बैठकले गरेका एमालेको विधानको धारा ५९ को अधीनमा रहि आगामी भदौ १५ गतेभित्र बागमती प्रदेशका ३३ प्रतिनिधि सभा र ६६ प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटी गठन गर्ने निर्णय गरेको छ ।
यस अनुसार गठन भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले आफ्नो बैठक बसी पार्टी केन्द्रीय कमिटीले निर्धारण गरेको मापदण्ड र सीमा भित्र रहेर उम्मेदवारको सिफारिस गर्नुपर्नेछ । यसै सिफारिसका लागि बैठककाे निर्णयको प्रतिलिपि र प्रस्तावित उम्मेदवारका सम्बन्धमा सम्बन्धित जिल्ला कमिटीको आवश्यक रायसहित यही भदौ २० गतेभित्र उम्मेदवारको सूची प्रदेश कार्यालयमा पेस गर्नुपर्ने निर्णय गरिएको एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभागका प्रमुख महेशकुमार बर्तौलाले जानकारी दिए ।
'निर्वाचन तयारीका लागि आजको बैठक महत्त्वपूर्ण बन्ने छ,' बर्तौलाले भने । बैठकले समानुपातिक समावेशिताको आधारमा भदौ २० गतेभित्र प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक सूचीमा समाबेश गर्नुपर्ने उम्मेदवारको नामावली सम्बन्धित जिल्ला कमिटीहरूले प्रदेश पार्टी कार्यालयमा सिफारिस गर्नुपर्ने निर्णय भएको छ ।
आजैको बैठकले बागमती प्रदेश सल्लाहकार परिषदको गठन गरेको छ । बैठकले आगामी भदौ २१ गते प्रदेश संगठन कमिटीको पूर्ण बैठक, तुल्सीलाल स्मृति हल च्यासल ललितपुरमा बस्ने निर्णय गरेकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया