बागमती

एमाले मकवानपुरले उम्मेदवार सिफारिसका लागि ताेक्याे मिति, मापदण्ड र प्रक्रिया

इकागज |
भदौ १५, २०७९ बुधबार १७:४१ बजे

मकवानपुर । एमाले मकवानपुरले उम्मेद्वार सिफारिसका लागि मिति, मापदण्ड र प्रक्रिया तोकेको छ । नेकपा एमाले, मकवानपुर जिल्ला कमिटी सचिवालयकाे बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनकाे लागि भाद्र १८ गते र १७ गते सम्बन्धित कमिटीकाे बैठक बसी सिफारिस गर्ने निर्णय गरेकाे छ ।

जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा र केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाकाे प्रमुख आथित्यतामा बसेकाे बैठकले जिल्लाबाट प्रत्यक्ष र समानुपातिकतर्फकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे उम्मेद्वारकाे अन्तिम सिफारिसका लागि पूर्ण बैठक बस्ने निर्णय गरेकाे जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए । उनकाअनुसार १९ गते जिल्ला सचिवालय बैठक र २० गते जिल्ला कमिटीकाे पूर्ण बैठक बस्नेछ ।


प्रतिनिधिसभा तथा प्रदेशसभा समन्वय समितिमा सम्बन्धित क्षेत्रका जिल्ला सदस्य, पालिका कमिटीका पदाधिकारी, पार्टी वडा कमिटीका अध्यक्ष, आमन्त्रित सदस्य निर्वाचित पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष रहने विधानकाे व्यवस्था रहेकाे सचिव सिग्देलले बताए । उम्मेद्वार सिफारिस गर्दा पार्टीकाे नीति र कार्यक्रमप्रतिकाे प्रतिबद्वता, लाेकप्रियता र विजयकाे सुनिश्चिता, पार्टीप्रतिकाे निष्ठा र आन्दाेलनमा याेगदान, सन्तुलन र समावेशीता तथा निर्वाचन कानुन बमाेजिमकाे याेग्यतालाई ध्यान दिनुपर्ने केन्द्रीय निर्देशन अनुरूप सिफारिस गर्ने निर्णय गरेको पार्टी सचिव सिग्देलले जानकारी दिए।

उम्मेदवारको लागि १ महिलासहित ३ जनाकाे सिफारिस गर्नसक्ने प्रावधान रहेकाे बारे पार्टीले ध्यान दिने सचिव सिग्देलले बताए । बैठकले प्रतिनिधिसभा १ नं. मा अनन्त पाैडेल, प्रदेशसभा "क" मा रामचन्द्र राई, "ख"मा गाेपाल श्रेष्ठ, २ नं. डाेरमणि पाैडेल, प्रदेशसभा "क" मा नवराज तिमल्सिना, "ख"मा एकराज उप्रेतीलाई सहजकर्ता ताेकिएकाे जनाईएकाे छ । बैठकमा केन्द्रीय सदस्यहरू जुनेली श्रेष्ठ, भारती पाठक, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश कमिटीका उपसचिव महेश बर्ताैलालगायतका प्रदेश सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।


Author

थप समाचार
x