हेटौंडाको फोहर व्यवस्थापन गर्न कार्यदल गठन
मकवानपुर - हेटौंडा उपमहानगर क्षेत्रबाट उत्पादन हुने फोहर व्यवस्थापनका लागि कार्यदल गठन गरिएको छ । उपमहानगरको ८औं कार्यपालिका बैठकले पालिका क्षेत्रबाट निस्किएको फोहर व्यवस्थापन गर्न उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा फोहर व्यवस्थापन कार्यदल गठन गरेको हो ।
कार्यदलले उपमहानगका क्षेत्रबाट उत्पादन भएका फोहरलाई एकै ठाउँ डम्पिङ गर्ने भन्दा पनि फरक/फरक ठाउँमा व्यवस्थापनको लागि सम्भाव्यता अध्ययन गर्ने छ । अहिलेको व्यवस्थापनमा खर्चिलो र जोखिम बढी भएकाले उपमहानगर क्षेत्रका अन्य ठाउँमा समेत फोहर व्यवस्थापन गर्न सकिन्छ कि भन्ने हिसाबले कार्यदल गठन गरेर कामगर्न लागिएको नगर प्रमुख लामाले बताइन् ।
अब पुरानै शैलीबाट फोहर व्यवथापनमा असहज अवस्था आएकाले नगर क्षेत्रका वडाहरूमा पनि डम्पिङ साईडको व्यवस्थापनगर्नका लागि कार्यलदलले कामगर्ने बताइएको छ ।
सबै क्षेत्रबाट उपमहानगरले निर्धारण गरेको डम्पिङ साईड सम्मफोहर ल्याउँदा व्यवस्थापनमा निकै कठिन देखिएकाले सम्बन्धित वडाको फोहर व्यस्थापनका लागिअन्य ठाउँको पहिचानको लागि कार्यदल गठन गरीएको उनले बताइन् ।
फोहर व्यवस्थापन कार्यदलको सदस्यमा हेटौंडा २ का अध्यक्ष बिष्णुगोपाल महर्जन, ६ का अध्यक्ष बिष्णुबहादुर दाहाल, १० का अध्यक्ष फुर्वा दोर्जे लामा, ११ का अध्यक्ष जुना दाहाल, १३ का अध्यक्ष पेम्वा लामा, १५ का अध्यक्ष सुनिल मोक्तान, १७ का अध्यक्ष उद्धब सत्याल र १९ का अध्यक्ष नरनाथ सुवेदी सदस्य रहेका छन् । हेटौंडाको फोहोरबारे यसअघि इकागजले समाचार समेत प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि उपमहानगरको ध्यानाकर्षण भएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया