बागमती

मकवानपुर कांग्रेसले गर्‍याे उम्मेदवार सिफारिस

इकागज |
भदौ १६, २०७९ बिहीबार २१:१३ बजे

मकवानपुर- आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा मकवानपुरकाे प्रतिनिधि सभा क्षेत्र १ प्रदेश सभा (क) बाट नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेकाे छ । मकवानपुर १ का संघीय सभापति दामोदर खनाल प्रदेश सांसद उम्मेदवारका लागि प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।

कांग्रेस मकवानपुर–१ (क) को प्रदेश कार्यसमितिकाे बिहीबारकाे बैठकले खनालसहित ३ जनाको नाम प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारकाे सिफारिस गरेको हो । खनालसहित, भूमिनन्द गौतम र मिठाराम दाहाललाई प्रदेश सभाको प्रत्यक्षतर्फ सिफारिस गरेको छ । खनाल २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा वकैया गाउँपालिकाकाे अध्यक्षमा विजयी भएका थिए । गौतम कांग्रेस प्रदेश कार्यसमिति सचिव हुन् भने दाहाल महाधिवेशन प्रतिनिधि रहेका छन् ।


यसैगरी, प्रदेश कार्यसमितिकाे बैठकले मकवानपुर–१ (क) बाट समानुपातिक तर्फको प्रदेश सभा उम्मेदवारका लागि १५ जनाकाे नाम सिफारिस गरेकाे छ । समानुपातिक तर्फ रामशरण माझी, शुसान्त श्रेष्ठ, शेरबहादुर भोलन, भक्तबहादुर राई, ताराचन्द्र बजगाई, तुलसीराम लामिछाने, रामबाबु बानियाँ, मोहनप्रसाद ढकाल, तेजप्रसाद घिमिरे, अनिल बिक, शेरबहादुर घलान र मानबहादुर पाटालाई सिफरिस गरेकाे प्रदेश सभापति सुशान्त श्रेष्ठले जानकारी दिए ।

यस्तै बैठकले समानुपातिक तर्फको महिला कोटामा उर्मिला पुलामी, भानुमाया ठाडा र सुनिता राईलाई सिफारिस गरेको श्रेष्ठले बताए ।


Author

थप समाचार
x