बागमती

दसैंसम्म अनधिकृत संरचना हटाउन ललितपुर महानगरको 'अल्टिमेटम', अटेर गरे डोजर लगाइने

इकागज |
भदौ १७, २०७९ शुक्रबार १२:१९ बजे

काठमाडौँ - ललितपुर महानगरपालिकाले फुटपाथ (सडकपेटी) मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । शुक्रबार महानगरले ललितपुरको लगनखेलस्थित महानगरकै भवनमा रहेको एक होटलले नियमविपरीत बनाएको संरचना हटाएको हो । 

महागरले फुटपाथमा व्यापार नगर्न आग्रह गरेको छ । ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सिताराम हाछेथुले फुटपाथ मिचेर बनाइएका संरचना हटाउन आफ्नै मातहतको कार्यालयबाट सुरु गरिएको जानकारी दिए । 


महानगरभित्र अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भने दशैपछि हटाउने र सूचना जारी समेत भइसकेको उनले बताए । अनधिकृत संरचना कसैले अटेर गरी नहटाएको पाइएमा प्रक्रिया पूरा गरेर महानगरले हटाउने उनको भनाइ छ ।

हाछेथुले अहिले नै महानगरभित्र डोजर लगाउने अवस्था नरहेको र महानगरले दिएको समयमा व्यवसायीहरू आफैले अनधिकृत संरचना हटाउने विश्वास व्यक्त गरे । साथै महानगरले अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्दै आएकाहरूलाई अब घरधनीलाई भाडा नतिर्न पनि भनेको छ ।


Author

थप समाचार
x