आज प्रदेश सभातर्फका उम्मेदवार सिफारिस गर्दै एमाले मकवानपुर
फाइल तस्बिर
मकवानपुर- आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेले आज मकवानपुर जिल्लाबाट हुने उम्मेदवारको सिफारिस टुङ्ग्याउने भएको छ ।
प्रदेश सभामा मकवानपुरका चार निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनका लागि पार्टीले सिफारिस गर्न लागेको छ । 'चार वटै निर्वाचन क्षेत्रमा को-को सिफारिस हुने भन्ने बैठकले आजै टुङ्गो लगाउने छ,' पार्टी अध्यक्ष एकलाल श्रेष्ठले बताए ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने कार्यतालिका अनुसार आज बैठक बसेर पहिलो चरणबाट सिफारिस गर्न लागिएको हो । आजको बैठकबाट सकेसम्म सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने तयारी गरिएको नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठले बताए ।
मकवानपुर क्षेत्र नम्बर–१ को ‘क’, ‘ख’ र क्षेत्र नम्बर–२ को ‘क’ को उम्मेदवार सिफारिस गर्नका लागि अहिले पार्टी कार्यालयमा बैठक बसिरहेको छ । क्षेत्र नम्बर–२ को ‘ख’ को बैठक भने मनहरी गाउँपालिकाको रजैयामा बसेको छ ।
क्षेत्रबाट सिफारिस भएकालाई जिल्लाले फेरि बैठक बसेर उम्मेदवार थपघट गरेर पनि सिफारिस गर्न सक्ने प्रावधान समेत रहेको अध्यक्ष श्रेष्ठले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया