बागमती

नयाँ बानेश्वर क्षेत्रका सडकमा राखिएका निर्माण सामग्री हटाइयाे

इकागज |
भदौ १७, २०७९ शुक्रबार १४:४२ बजे

काठमाडौँ- काठमाडौँ महानगरले काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा सडकमा राखिएका निर्माण सामग्री हटाएको छ ।

शुक्रबार महानगरको टोलीले डोजर लिएर बानेश्वर क्षेत्रको सडकमा राखिएका बालुवा, गिट्टी लगाएतका निर्माण सामाग्री हटाएको हो । सडकमा निर्माण सामाग्री नराख्‍न पटक-पटक आग्रह गर्दा पनि नमानेपछि सामग्री हटाएर जफत गरिएको महानगरले जनाएको छ ।


सडक छेउमा निर्माण सामग्री राख्दा ढल नै अवरुद्ध हुने गरेको देखिएको छ । निर्माण गर्न लागिएका घरका लागि निर्माण सामग्री सडकमा राख्दा यातायात सञ्चालन तथा फुटपाथमा हिँड्डुल गर्न कठिनाई भएकाले महानगरले कारबाही गर्न थालेको हो ।


Author

थप समाचार
x