प्रेस युनियनलाई अनुदान दिने निर्णयविरुद्ध उत्रियाे राप्रपा
मकवानपुर। नेपाली कांग्रेसकाे शुभेच्छुक पत्रकारहरुको संगठन प्रेस युनियनलाई हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराउन लागेको अनुदानको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर उत्रेको छ । राप्रपा मकवानपुरले हेटौँडा उपमहानगरपालिकाले प्रेस युनियनलाई १० लाख रुपैँया दिने निर्णय गरेको विरोध गरेको हो ।
राप्रपाले हेटौंडामा र्यालीसहित उपमहानगरपालिकाको कार्यालय परिसरमा कोणसभाको गरेको छ । जनताको रगत पसिनाले तिरेको करबाट उपमहानगरपालिकाले एउटा पार्टीकाे संगठनलाई रकम दिनु नहुने भन्दै विरोध गरेकाे पार्टीका युवा नेता जयराम तिमल्सिाले बताए । जनताको करबाट विकास निर्माणका खर्च गर्नुपर्नेमा कुनै पार्टीको संगठनको अधिवेशनलाई खर्च दिनु गैरजिम्मेवार काम भएको भन्दै आफूहरुले विरोध गरेको उनले बताए ।
“उपमहानगरले कति वटा पार्टीका पत्रकारलाई यसरी पाल्ने यो सही हो ” उनले भने “यो निर्णय फिर्ता होस भन्ने हाम्रो माग हो ।” कोणसभा कार्यक्रममा बोल्दै राप्रपा मकवानपुरका उपाध्यक्ष सागर थापाले गत स्थानीय निर्वाचनमा राप्रपाका उम्मेद्वार दिपकबहादुर सिंहलाई विजय गराईदिएको भए दुर्गति बेहोर्न नपर्ने टिप्पणी गरे । कोणसभामा बोल्दै राप्रपा मकवानपुरका सहसचिव लक्ष्मण सापकोटाले भ्रष्टाचार विरुद्ध राप्रपा आगो भएर उत्रने बताए ।
प्रेस युनियनको गत साउन ६ र ७ गते हेटौँडामा भएको ९ औँ राष्ट्रिय महाधिवेशनको खर्च व्यहोर्ने गरी १० लाख रुपैँया उपलब्ध गराउने निर्णय कार्यपालिकाको बैठकले भदौ १५ गते गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया