एमाले मकवानपुरद्वारा प्रदेश सभा सदस्यमा २३ जना सिफारिस
मकवानपुर- आसन्न प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले २३ जनाको नाम सिफारिस गरेको छ । जिल्लाकाे चार क्षेत्रका लागि २३ जनाको नाम सिफरिस गरेको हो ।
मकवानपुरको प्रतिनिधि सभा १ नं क्षेत्रको प्रदेश सभा (क)बाट अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ्ग, कृष्णप्रसाद चालागाई, कमल विष्ट, नारायण सापकोटा, दिपक न्यौपाने, सीता बिष्ट सिफारिस भएका छन् ।
यसैगरी प्रदेशसभा (ख)बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकलाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई, आरती पाठक, कुमार केसीको नाम सिफरिस भएको जिल्ला कमिटी सचिव नविन सिग्देलले बताए ।
यसैगरी प्रतिनिधि सभा २ नं क्षेत्रको प्रदेश सभा (क)को लागि बलराम बल, विष्णु ढकाल र चमेली बलको नाम सिफारिस भएको छ । प्रदेश सभा (ख)को लागि भने लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्का सिफारिस गरिएको सिग्देलले बताए ।
चारै प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक बसी केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको परिपत्र अनुसार उम्मेदवार सिफारिस गरिएको नेकपा एमाले जिल्ला कमिटीका सचिव सिग्देलले बताए ।
प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले गरेको सिफारिसमा भाद्र १९ गते बस्ने जिल्ला सचिवालय र भाद्र २० गते बस्ने जिल्ला कमिटी बैठकले थप सुझावसहित केन्द्रीय र प्रदेश कमिटी मार्फत केन्द्रीय कमिटीमा पठाइने छ ।
एमालेले मकवानपुरले आज एकै दिन चारै प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको छुट्टाछुट्टै बसेको बैठकले नाम टुङ्ग्याएको हो ।
बैठकमा केन्द्रीय कमिटीका सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेल, प्रदेश कमिटी उपसचिव महेश बर्तौला, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला पदाधिकारीहरूले सहजीकरण गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया