एमाले मकवानपुरद्वारा २ क्षेत्रमा ८ जना सिफारिस
मकवानपुर- आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले २ निर्वाचन क्षेत्रमा ८ जनाको नाम सिफारिस गरेको छ ।
शनिबार एमालेकाे २ वटै क्षेत्रीय कमिटीले मकवानपुरकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ बाट ८ जनाको नाम सिफारिस गरेको हो ।
एमाले मकवानपुरको क्षेत्र नम्बर–१ कमिटीले प्रतिनिधि सभा निर्वाचनकाा लागि ५ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीको हेटौंडामा सम्पन्न बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, जिल्ला सचिवालय सदस्य अधिवक्ता मदनकुमार दाहाल, एमाले मकवानपुरका सदस्यहरू नरहरी महत र रमिला सापकोटालाई उम्मेदवारका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।
यसैगरी मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ कमिटीले नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभागका प्रमुख महेशकुमार बर्तौला, एमाले नेता सुवासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धरलाई उम्मेदवारमा सिफारिस गरेकाे हाे ।
दुबै तर्फको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरु डोरमणि पौडेल, जुनेली श्रेष्ठ, भारती पाठक, अनन्त पौडेल, रामचन्द्र राई, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, एमालेका प्रदेश कमिटी, जिल्ला कमिटी, क्षेत्रीय कमिटीका नेताहरूको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया