एमाले मकवानपुरद्वारा उम्मेदवारहरूको नाम प्रदेश कमिटीलाई सिफारिस
मकवानपुर- नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको बैठकले मकवानपुरका दुई वटा निर्वाचन क्षेत्र रहेको प्रतिनिधि सभा र चार वटा क्षेत्र रहेको प्रदेश सभामा प्रत्यक्ष चुनावका लागि र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरिएको छ ।
प्रतिनिधि र प्रदेश सभाका लागि निर्वाचन क्षेत्रबाट सिफारिस भएका उम्मेदवारहरू जिल्ला कमिटीले आज एमालेको बागमती प्रदेश कमिटीलाई सिफारिस गरेको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए । बैठकले आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनको तयारी, मकवानपुरका निर्वाचन क्षेत्रबाट पार्टीको उम्मेदवार सिफारिस र पार्टी संगठन सुदृढीकरणका बाँकी काम सप्पन्न गर्ने निर्णय गरिएको श्रेष्ठले बताए ।
बैठकले चुनाव लक्षित प्रचारप्रसारका लागि वडा तहसम्म कार्यालय खोल्नका लागि निर्देशन गर्ने निर्णय समेत गरेको छ । एमाले मकवानपुरका सचिव नविन सिग्देलका अनुसार चुनावको तयारीमा सबै नेता तथा कार्यकर्ताहरू मिलेर लाग्ने अभियाननै एमालेले सुरू गरेको छ ।
मकवानपुरका दुई वटा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटीको बैठकले ८ जनाको नाम सिफारिस गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रतिनिधि सभा तर्फमा एमाले दुई वटै क्षेत्रीय कमिटीले ८ जनाको नाम सिफारिस गरेको हो ।
एमालेको क्षेत्र नम्बर–१ कमिटीले प्रतिनिधि सभा चुनावका लागि ५ जनाको नाम सिफारिस गरेको छ । हेटौंडामा सम्पन्न बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, अर्का केन्द्रीय सदस्य तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा अधिवक्ता मदनकुमार दाहाल, एमाले मकवानपुरका सदस्यहरू नरहरी महत र रमिला सापकोटालाई उम्मेदवारका लागि प्रदेश कमिटीलाई सिफारिस गरेको हो ।
यसैगरी मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभागका प्रमुख महेशकुमार बर्तौला, एमाले नेता सुवासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धरलाई उम्मेदवारमा सिफारिस गरिएको हो ।
आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरका सबै क्षेत्रको लागि सिफारिस गरिएको हो । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र १ नम्बर क्षेत्रको प्रदेश सभा ‘क’ बाट राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ्ग, कृष्णप्रसाद चाैलागाई, कमल विष्ट, नारायण सापकोटा, दिपक न्यौपाने, सीता बिष्ट सिफारिसमा परेका छन् ।
यसैगरी प्रदेश सभा ‘ख’ बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकलाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई, आरती पाठकको नाम सिफारिस गरेको छ ।
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ को प्रदेश सभा ‘क’ बाट बलराम बल, विष्णु ढकाल र चमेलीमायाँ वाइवा र प्रदेश सभा ’ख’ बाट लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्को नाम सिफारिस गरिएको एमाले मकवानपुरले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया