बागमती

माओवादी केन्द्र मकवानपुरद्वारा उम्मेदवार सिफारिस

इकागज |
भदौ २१, २०७९ मंगलबार १८:३१ बजे

मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले मकवानपुरले उम्मेदवारहरु चयनको लागि प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको छ । जिल्ला पार्टी कार्यालय हेटौडामा आज बसेको बैठकले प्रत्यक्ष तर्फ मकवानपुरको दुई प्रतिनिधि सभा क्षेत्रमा ४ जना र प्रदेश सभा ४ वटा क्षेत्रमा १० जनाको नाम सिफारिसका लागि प्रदेश कमिटीलाई पठाउने निर्णय गरेको हो ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी केन्द्रीय सदस्य प्रल्हाद लामिछाने र जीवन गोलेको नाम सिफारिस गरेको छ । प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ को क र ख का लागि ५ जनाको नाम सिफारिस गरेको छ । पार्टीका अनुसार १ को क मा पार्टी प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी मगर, केन्द्रीय सदस्य बिजय गौतम र जिल्ला समन्वय सचिव भीमबहादुर पाख्रिनको नाम सिफारिस भएको छ । यसैगरी ख का लागि हेटौडा उपमहानगर पार्टी अध्यक्ष तिर्थबहादुर थापा मगर र ज्ञानेन्द्र लामिछानेको नाम सिफारिस भएको छ ।


यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ को लागि बैठकले दुई जनाको नाम सिफारिस गरेको छ । पोलिटब्युरो सदस्य समेत रहेका पार्टीको मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तान र केन्द्रीय सदस्य रामनारायण बिडारीलाई सिफारिस गरेको छ । प्रदेश सभाको लागि क्षेत्र नम्बर २ को क र ख मा ५ जनाको नाम सिफारिस गरेको छ ।

२ को क को लागि पोलिटब्युरो सदस्य कुमारी मोक्तान, उपत्यका बिशेष प्रदेश कमिटि उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे प्रलोक र प्रदेश कमिटि सदस्य लब्शेर बिष्टको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ को ख का लागि प्रदेश कमिटि सदस्य ओमबहादुर ग्लान, मनहरी गाउँपालिका पार्टी अध्यक्ष रामप्रसाद कालाखेतीको नाम सिफारिस गरेको पार्टी जिल्ला समन्वय समिति सचिब भीमबहादुर पाख्रिनले बताए । बागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत रहेकी कुमारी मोक्तानको नाम २ ठाउँमा सिफारिस गरिएको हो ।


Author

थप समाचार
x