बागमती

इन्द्रजात्रामा देश- विदेशका नगर प्रमुखलाई निम्तो

इकागज |
भदौ २२, २०७९ बुधबार १२:३९ बजे

काठमाडौँ - काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध भएका देश-विदेशका नगर प्रमुखहरूलाई ईन्द्रजात्रा हेर्न निम्तो दिइएको जनाएको छ । बिहीबार बसन्तपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले यस वर्ष जात्रा अवलोकन गर्न दक्षिण एसियाली मुलुकका राजधानी सहरबाट प्रमुख तथा उपप्रमुखहरू तथा भगिनी सम्बन्ध भएका चीन र अमेरिकाका १८ वटा नगरपालिकालाई महानगरले निम्तो गरेको जनाएको छ ।

इन्द्रजात्राको अवलोकनमा आउने पाहुनाको व्यवस्थापन र स्वागतमा महानगरले कुनै कमी हुन नदिने उपमेयर सुनिता डङ्गोलले बताइन् ।  नेपालका सबै महानगरका प्रमुख र उपप्रमुख तथा काठमाडौ उपत्यकाका सबै नगरपालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिसके उनको भनाइ छ ।


देशभित्रका ५ वटा नगरसँगै महानगरको १८ वटा अन्तर्राष्ट्रिय नगरहरूसँग महानगरको भगिनी सम्बन्ध छ । 


 


Author

थप समाचार
x