अखिल क्रान्तिकारीको छात्रा विभाग प्रमुखमा अधिकारी
तस्बिर स्रोत : पञ्चा सिंहको फेसबुकबाट
चितवन- अखिल(क्रान्तिकारी)को केन्द्रीय छात्रा विभाग प्रमुखमा प्रविना अधिकारी चयन भएकी छन् । 'सम्पति र सत्तामा समान सहभागीता, शिक्षा र रोजगारीसहितको आत्मनिर्भरता' भन्ने मुल नारासहित भाद्र २५ र २६ गते दुई दिनसम्म चलेको चितवनको केन्द्रीय भेलाले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषालले रामपुरस्थित कृषि क्याम्पसमा उद्घाटन गरेको भेलालाई अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहसहित चर्चित पुर्व विद्यार्थी नेतृ कञ्चन खनाल, माओवादी चितवन अध्यक्ष आर.सी अधिकारीलगायतले प्रशिक्षण दिएका थिए ।
करिब पाँच सय छात्रा प्रतिनिधि सहभागी रहेको भेलामा सात वटै प्रदेशबाट दुई-दुई जनाले प्रतिनिधिमुलक रिपोर्टिङ गरेका थिए ।
चितवनस्थित स्कुल अफ हेल्थ साइन्समा सम्पन्न बन्दसत्रले विभागको उपप्रमुखमा विद्यार्थी नेतृहरू देवकी कार्की र पार्वती शर्मा तथा सचिवमा इन्दिरा पुरीलाई चयन गरेको अखिल(क्रान्तिकारी)नेतृ मुना काप्रीले जानकारी दिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया