बागमती

पोखरामा भूमिहीन र अव्यवस्थित बसाेबासीलाई जग्गाधनी पुर्जाकाे निस्सा वितरण

इकागज |
भदौ ३०, २०७९ बिहीबार ८:५७ बजे

काठमाडौँ - पोखरा महानगरपालिका-१३ ले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जाको निस्सा वितरण गरेको छ । वडाले बुधबार १५ जनालाई निस्सा वितरण गरेको हो । पोखरा १३ का वडाध्यक्ष किरण बरालले उनीहरूलाई निस्सा वितरण गरेका हुन् ।

निस्सा वितरण गर्दै उनले 'रातोपुर्जा पाउनु अगाडिको लालपुर्जा' रहेको र यही कागजातका आधारमा पछि लालपुर्जा पाउने बताए । उनले लालपुर्जा वितरण प्रक्रियामा रहेको र छिट्टै वितरण गरिने आश्वासन दिए । 


यो सुरुवाती चरण रहेको र वडाभित्रका सबैलाई निस्सा उपलब्ध गराइने उनको भनाइ थियो । वडाध्यक्ष बरालले वडामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि जनाए ।

पोखरा १३ मा करिब ४०० जना सुकुम्बासी रहेका छन् ।


Author

थप समाचार
x