अनुमतिविना डिजिटल बोर्ड र विज्ञापन नराख्न काठमाडौं महानगरको निर्देशन
काठमाडौं - काठमाडौं महानगरपालिकाले अनुमतिविना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ । महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमतिविना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको हो ।
‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ । नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया