बागमती

एमाले मकवानपुरमा सम्पत्ति हिनामिनाको ‘राजनीतिक फन्डा’

इकागज |
बैशाख ५, २०७८ आइतवार २०:१६ बजे

हेटौँडा : माधव नेपाल समूहकी नेतृ मुनु सिग्देललाई नेकपा एमाले मकवानपुरले स्पष्टीकरण सोधेको छ । साबिक नेकपा एमालेको अध्यक्ष हुँदा कृषि विकास बैंक हेटौँडा शाखामा रहेको खाताको ९ लाख ३५ हजार झिकेर आफूखुसी खर्च गरेको आरोपमा आइतबार सिग्देललाई एमाले मकवानपुरले स्पष्टिकरण सोधेको हो ।  

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जिल्ला कमिटीको अध्यक्षमा रहँदा पार्टीको हित विपरित कार्य गरेको, पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धमा अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप लगाएको, पार्टीको नाम र लोगोको अनाधिकृत प्रयोग गरेको तथा पुष्पकमल दाहालको मतियार भएर पार्टीहित विपरित किन कार्य गरेको भनेर स्पष्टिकरण सोधेका छन् ।  


यस्तै बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर अनुशासनहिन काम किन गरियो भन्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमाले मकवानपुरको अध्यक्ष आफू स्वतः भएकोे नेतृ सिग्देलको दाबी छ । 

‘पहिले एमालेको अध्यक्ष म हुँदा एकलाल श्रेष्ठ सचिव थिए । अहिले म एमाले मकवानपुरको अध्यक्ष हुँ, सचिवले स्पष्टिकरण सोधेको जवाफ दिन आवश्यक छैन’, उनले भनिन् । मंगलबारसम्मको समय दिएर स्पष्टिकरण सोधेपनि उनले आजसम्म पनि स्पष्टिकरणको पत्र बुझेकी छैनन् । पत्र नबुझ्ने भन्दै फर्काइदिएको उनले बताइन् । 


Author

थप समाचार
x