Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बागमती

मकवानपुरमा दलले कहाँ कहाँ कसलाई बनायो उम्मेदवार ?

इकागज |
असोज २३, २०७९ आइतबार १८:५७ बजे

मकवानपुर । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि मकवानपुरमा पनि मनोनयन दर्ता कार्यक्रम उल्लाषका साथ भएको छ ।

मनोनयन दर्तापछि सबै उम्मेवारहरुले आफ्नो जित सुनिश्चित भएको प्रतिक्रिया दिएका छन् । २ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुनै क्षेत्रमा दुई पक्षीय त कुनै क्षेत्रमा त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ । नेकपा एमाले, राप्रपा र गठबन्धनबीच सबैभन्दा बढी प्रतिष्पर्धा हुने देखिएको छ ।

स्थानीय हारको हारलाई परिपुर्ति गर्ने एमालेको दाउ

मकवानपुर जिल्लाको प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी एमाले मकवानपुरले ५ जना आफ्ना नेतालाई उम्मेदवार बनाएको छ भने एक जना राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापालाई अध्यक्ष बनाएको छ ।

गत स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेको नेकपा एमालेले आगामी निर्वाचनबाट भने सोधभर्ना गर्ने बताएको छ ।  निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएपछि पार्टी नेताहरुले यस्तो बताएका छन् ।

एमालेले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा एमालेका तर्फबाट राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधी सभा क्षेत्र नम्बर–२ मा एमाले बागमती प्रदेशका उपसचिव तथा प्रचार विभागका प्रमुख महेश कुमार बतौलाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी क्षेत्र नम्बर–१ को क मा एमालेका बागमती प्रदेश सदस्य कमल बहादुर विष्ठ र ख मा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी प्रतिनिधीसभा क्षेत्र नम्बर–२ को क मा बिष्णु ढुकाल र ख मा लालबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।




यी हुन् गठबन्धनका उम्मेदवार

सत्तारुढ गठबन्धनका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा र्याली सहित उपस्थित भएका गठबन्धन दलका नेताहरुले एकैसाथ उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा नेपाली काँग्रेस महामन्त्री महालक्ष्मी उपाध्याय डीना र क्षेत्र नम्वर– २ मा एकीकृत समाजवादीका विरोध खतिवडाले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै गठबन्धनको तर्फबाट क्षेत्र नम्वर १ क बाट प्रेमबहादुर पुलामीले उम्मेदवारी दिएका छन् भने ख मा नेपाली काग्रेसका आनन्द पराजुलीले उम्मेदवारी दिए । प्रतिनिधि सभा क्षेत्र नम्वर २ क बाट कुमारी मोक्तान र ख बाट इन्द्रबहादुर बानियाँले उम्मेदवारी दिएका हुन् ।

थापाको आठौं पटक उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । उनले पार्टीका महामन्त्री राजाराम बर्तौला, भाइ गणेश थापासँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्  ।

उनी सूर्य चुनाव चिन्हबाट उम्मेदवार भएका हुन् । नेकपा एमालेको सहयोगमा उनी आठौं पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् । थापाले यसअघि २०३१, २०३८, २०४३, २०४८, २०५१,२०५ ५६,२०६४,२०७० र २०७४ मा संसदीय उम्मेदवार बनेका थिए ।

उनी अघिल्लो निर्वाचनमा यसै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थिए । थापा तत्कालिन समयमा नेकपा एमालेका उम्मेदवार कृष्ण दाहालसँग पराजित भएका थिए ।

मेयर हारेका सिंहको साँसद जित्ने सपना

आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि प्रतिनिधि सभातर्फ मकवानपुरको क्षेत्र न १ बाट राप्रपा केन्द्रिय सदस्य दिपकबहादुर सिंहले मनोनय दर्ता गराएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित सिंहले यसपटक प्रतिनिधि सभामा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यो पटक आफ्नो जित पक्का भएको उनले बताए ।

अब राप्राका सिंहसंग नेकपा एमालेको समर्थनमा राप्रपा नेपालका कमल थापा, गठबन्धनबाट नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय डिनाको प्रतिष्पर्धा हुनेछ ।
 


Author

थप समाचार
x