दलहरु निर्वाचिन केन्द्रित बैठकमा लागे
मकवानपुर । आसन्न प्रनितिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचिनका लागि मनोनयन दर्ता सकिएसँगै दलहरु निर्वाचन केन्द्रित एजेण्डामाथि छलफल गर्न बैठक बस्न थालेका छन् । नेकपा एमाले मकवानपुरले निर्वाचन तयारी सन्दर्भमा सोमबार पार्टी कार्यालयमा भातृसंगठनहरुसँग बैठक बसेको हाे ।
बैठकमा विगतमा स्थानीय तहको निर्वाचनको क्षतिपुर्ति गर्नेगरी आगामी दिनमा अघि बढ्नका लागि तयारी थाल्ने बारे छलफल भएको बताइएको छ । पार्टीको हारलाई शक्तिमा बदल्ने गरी, अबको तयारी कसरी गर्ने भन्नेबारे बैठकमा छलफल भएको सहभागी एक नेताले बताए ।
यता सत्ताधारी गठबन्धनमा आबद्ध तीन ठूला राजनीतिक दलको बैठक मकवानपुरको मनहरी गाउँपालिकामा सोमबार बिहान बसेको छ । मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ अन्तर्गतका दलका नेताहरुको उपस्थितिमा बैठक बसेको हो । बैठकले तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि लोकतान्त्रिक शक्ति र इमान्दार बामपन्थी शक्तिहरु एक भएर संविधान रक्षाका लागि गठबन्धन गरेको स्मरण गराउँदै अबको निर्वाचनमा संविधान मिच्ने पक्षधरलाई परास्त पार्न सबैखाले शक्ति परिचालन गर्ने निर्णय गरेको छ।
मंसिर ४ गतेको निर्वाचनमा संविधान विरोधी शक्तिलाई परास्त गर्नुपर्ने सन्देश वडा र तल्लो तहमा समेत पुर्याउन आ–आफ्ना दलहरुमार्फत भूमिका निर्वाह गर्ने र छिट्टै संयुक्त बैठक बस्ने तयारी समेत गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनमा पनि मकवानपुरबाट गठबन्धनका उम्मेदवारहरुलाई जिताएर जनताले एकपटक संविधान मिच्नेहरुलाई दण्ड दिएका छन्’, नेपाली काँग्रेस प्रदेश ख समितिका सभापति रन्जन कालाखेतीले बताए ।
कमल थापासँग मिलेर संविधान बन्न नदिने, राजतन्त्रको वकालत गर्ने र जन आन्दोलन दबाउने व्यक्तिलाई एमालेले बोकेर आफ्नो राजतन्त्रप्रतिको मोह प्रकट गरेको गठबन्धनको ठम्याइ छ । गठबन्धनमा भएका विगतका केही कमी कमजोरीलाई सच्याउने र तत्कालै बैठक, छलफलहरु एकल र सामूहिक रुपमा राखेर जनतालाई एमालेले छर्न सक्ने भ्रमप्रति सचेत हुनका लागि आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्र प्रतिनिधिसभा २ का इन्चार्ज वीरबहादुर घलान ज्वाला, नेकपा एकीकृत समाजवादीका प्रतिनिधि सभा २ का संयोजक भूमिनन्द अर्याल, प्रदेश ख कमिटी संयोजक टंकबहादुर मुक्तान नेपाली काँग्रेस जिल्ला सदस्य नुरोज कुमार पौडेल, नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्तौला, माओवादी केन्द्रका मनहरी गाउँ कमिटी उपाध्यक्ष दिलबहादुर स्याङ्बो लगायत नेताहरुको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया