बागमती

आइसोलेसन नहुँदा कोभिड–१९ संक्रमितहरू घरमै बस्‍न बाध्य

इकागज |
बैशाख ६, २०७८ सोमबार १७:५८ बजे

हेटौंडाः मकवानपुरमा सोमबार २१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । आइतबार ७ जनामा संक्रमण पुष्टि भएको थियो । सोमबार ३९ जनाको पीसीआर र २ जनाको ऐन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।  

जिल्लामा संस्थागत आइसोलेसनको व्यवस्था नहुँदा सङ्क्रमितहरू भने होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । मकवानपुरमा कोभिड–१९ पुष्टि भएका सङ्क्रमितहरू सबै होम आइसोलेसनमा बसेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईँले जानकारी दिए ।


यस्तै सोमबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्दको बैठक बसेको छ । बैठकले ७ दिनभित्र हेटौंडा अस्पताल आसपासमा आइसोलेसन वार्ड सञ्चालन गर्न स्थान खोजी गर्न 'टास्क फोर्स' गठन गरेको छ । जिल्लामा होटेल तथा रेष्टुरेन्टहरू राति ९ बजेपछि बन्द गर्ने निर्णय बैठकले गरेको छ ।


Author

थप समाचार
x