Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बागमती

मुख्यमन्त्रीलाई बुझाइयो कानुनी दस्तावेज

इकागज |
असोज २८, २०७९ शुक्रबार १९:५६ बजे

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई कानुनी मस्यौदाहरू समाविष्ट गरिएको दस्तावेज बुझाइएकाे छ ।

बागमती प्रदेश नीति तथा योजना आयोगको तर्फबाट आयोगका उपाध्यक्ष डाक्टर कृष्ण राज पन्तले प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेलाई दस्तावेज हस्तान्तरण गरेका हुन् ।


बागमती प्रदेश नीति तथा योजना आयोगको तर्फबाट आयोगको संस्थागत सबलीकरण र कार्य सम्पादन सहजीकरणका निम्ति आवश्यक ऐनहरूको तर्जुमा तथा कार्यान्वयनका लागि बनेको व्यवस्था मिलाइदिन अनुरोध गर्दै दस्तावेजहरू हस्तान्तरण गरिएको हो ।

प्रदेश नीति तथा योजना आयोग ऐन, २०७९, प्रदेश तथ्याङ्क व्यवस्थापन ऐन, २०७९, प्रदेश आयोजना बैँक दिग्दर्शन, २०७९, सङ्गठनात्मक संरचना र जनशक्ति प्रस्ताव सम्वन्धी मस्यौदाहरू तयार पारेर मुख्यमन्त्रीलाई बुझाइएको बताइएको छ ।

प्रदेशको योजनावद्ध विकास मार्फत प्रदेशलाई समृद्ध बनाउनको निम्ति प्रदेश नीति तथा योजना आयोगको भूमिका महत्वपूर्ण हुने पक्षलाई मध्यनजर गर्दै यो दस्तावेज तयार गरिएको छ ।

मस्यौदाहरू गण्डकी प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा पोखरामा सम्पन्न सातै प्रदेशका योजना आयोगहरूको बैठकद्वारा आवश्यक छलफल पश्चात पारित गरी तयार गरिएको हो ।

मन्त्रीहरू प्रमुख सचिव, सचिवहरू र आयोगका पदाधिकारी तथा कर्मचारीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा मुख्यमन्त्रीबाट उक्त ऐन कानुन तर्जुमा र कार्यान्वयनका निम्ति प्रभावकारी पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे ।


Author

थप समाचार
x