मुख्यमन्त्री पाण्डेलाई बुझाइयो कानूनी दस्तावेज
मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई कानूनी मस्यौदाहरू समाविष्ट गरिएको दस्तावेज प्रदान गरिएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगको तर्फबाट आयोगका उपाध्यक्ष डा. कृष्ण राज पन्तले प्रदेश सरकारका मुख्यमन्त्री माननीय पाण्डेलाई दस्तावेज हस्तान्तरण गरेका हुन् ।
बागमती प्रदेश नीति तथा योजना आयोगको तर्फबाट आयोगको संस्थागत सबलीकरण र कार्य सम्पादन सहजीकरणका निम्ति आवश्यक ऐनहरूको तर्जुमा तथा कार्यान्वयनको लागि बनेको व्यवस्था मिलाइदिन अनुरोध गर्दै दस्तावेजहरू हस्तान्तरण गरिएको हो ।
प्रदेश नीति तथा योजना आयोग ऐन, २०७९, प्रदेश तथ्याङ्क व्यवस्थापन ऐन, २०७९, प्रदेश आयोजना बैँक दिग्दर्शन, २०७९, सङ्गठनात्मक संरचना र जनशक्ति प्रस्ताव सम्वन्धी मस्यौदाहरू तयार पारेर मुख्यमन्त्रीलाई बुझाइएको बताइएको छ ।
प्रदेशको योजनावद्ध विकास मार्फत प्रदेशलाई समृद्ध बनाउनको निम्ति प्रदेश नीति तथा योजना आयोगको भूमिका महत्वपूर्ण हुने पक्षलाई मध्यनजर गर्दै यो दस्तावेज तयार गरिएको बताइएको छ ।
मस्यौदाहरू गण्डकी प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा पोखरामा सम्पन्न सातै प्रदेशका योजना आयोगहरूको बैठकद्वारा आवश्यक छलफल पश्चात पारित गरी तयार गरिएको हो ।
त्यहाँ मन्त्रीहरू प्रमुख सचिव, सचिवहरू र आयोगका पदाधिकारी तथा कर्मचारीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा मुख्यमन्त्रीबाट उक्त ऐन कानून तर्जुमा र कार्यान्वयनको निम्ति प्रभावकारी पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया