Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बागमती

ललितपुरमा तेह्र सय बढी म्यादी प्रहरी परिचालन हुने

इकागज |
कात्तिक ३, २०७९ बिहीबार १७:६ बजे

फाइल तस्बिर

काठमाडौँ- ललितपुर जिल्लामा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन हुने भएको छ ।

ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सो जानकारी दिएका हुन् । उनका अनुसार हाल उनीहरूलाई तालिम दिने काम भइरहेको छ । ललितपुरका विभिन्न नौ स्थानमा उनीहरूको तालिमको व्यवस्था गरिएको छ ।


१० दिनको तालिम पछि उनीहरूलाई आवश्यक्ताअनुसार मतदान केन्द्रहरूमा परिचालन गरिने पनि जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले नियुक्त गरिएका म्यादी प्रहरीहरूमध्ये ६०७ जना पुराना म्यादी प्रहरी रहेको बताए ।

सरकारले हरेक निर्वाचनमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन म्यादी प्रहरी परिचालन गर्दै आएको छ । पूर्वसुरक्षाकर्मी, पुराना म्यादी प्रहरीहरूलाई प्राथमिकता दिएर म्यादी प्रहरी छनौट गर्ने प्रावधान छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ ।


Author

थप समाचार
x