मकवानपुरमा राति ९ बजेसम्म मात्रै देउसी-भैलाे खेल्न पाइने
मकवानपुर- तिहारको समयमा खेलिने देउसी-भैलो कार्यक्रम राति नखेल्नका लागि प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दशवटै स्थानीय तहमा राति ९ बजेपछि देउसी र भैलो खेल्न रोक लगाएको हो । प्रशासनले देउसी र भैलो खेल्न राति ८ बजेको समयसीमा तोकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले बताए ।
निर्वाचन नजिकिँदै गरेकाले दिनहुँ राजनीतिक गतिविधि भइरहेको छ । यसै पनि सुरक्षा चुनौती बढेको बेला देउसी-भैलो कार्यक्रमको पनि समयसीमा तोकिएको हो । प्रशासनले देउसी-भैलो दिउँसो भने खेल्न सकिने बताएको छ ।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेर आ–आफ्नो जिल्लागत वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर देउसी र भैलो कार्यक्रम गर्न समयसीमा राख्ने र नराख्नेबारे निर्णय गर्ने जिम्मा सम्वन्धित जिल्ला प्रशासनलाई नै अधिकार दिएको थियो ।
साेही अधिकारअनुसार तोकिएको समयसीमा भित्र मात्रै देउसी र भैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न दिने निर्णय भएको प्रजिअ पाण्डेले बताए ।प्रशासनको आदेश उल्लंघन गरेमा कानुनअनुसार कारबाही गरिने जनाएको छ । प्रशासनले पटका, आतसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री तथा प्रयोग नगर्न पनि अपिल गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया