समन्वय नहुँदा बनेको सडक भत्काइयो
मकवानपुर- खानेपानीको योजना निर्माण र सडक निर्माणकार्यमा सम्बन्धित निकायको समन्वय नहुँदा ६ महिनाको जोडबलपछि मर्मत भएको कान्तिलोकपथ अन्तर्गत हेटौंडा–चुनडाँडा खण्डको सडक भत्काउन परेको छ ।
सो सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका- ७ न्यूरेनीमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले मनमौजी तरिकाले सडकको कालोपत्रे भत्काएर खाल्डो बनाएको कान्तिलोकपथ योजनाका प्रमुख ईन्जिनियर सुरेश न्यौपानेले जानकारी दिए ।
बोर्डले बिना अनुमति सडक भत्काउने काम गरेको न्यौपानेले बताए । ‘बोर्डले खानेपानी विस्तार गर्दा कान्तिलोकपथ जति स्थानमा भत्काएको छ, एकपटक पनि अनुमति लिएको छैन,’ न्यौपानेले भने ।
यता हेटौंडा खानेपानी बोर्डका कार्यवाहक कार्यकारी निर्देशक सुर्दशन ढकालले कान्तिलोकपथ आयोजनालाई चिठ्ठी पठाएको दाबी गरे । यदि बोर्डको कर्मचारीले बाटो भत्काएको पुष्टि भए, आयोजनालाई क्षति भए बराबरको रकम उपलब्ध गराउनले ढकालले बताए ।
आयोजनाले ३५ लाखको लागतमा गत जेठमा खाल्डाखुल्डी टालटुल सुरु गरिएको थियो । तर बर्षको कारण देखाउँदै ठेगेदारले काम रोकेको थियो । खाल्डाखुल्डी नटालिएपछि दुर्घटनाको जोखिम थियो नै । दैनिक रुपमा दुर्घटना हुन थालेपछि सर्वसारणले सडकको खाल्डाखुल्डी पुर्न आग्रह गरेका थिए ।
सोही कुरालाई मध्यनजर गर्दै आयोजनाले दशैंपछि काम सुरु गरेको थियो । न्यौपानेका अनुसार हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने सडकमा कालोपत्रे टाल्ने काम सकिएको छ । त्यस्तै मकवानपुरगढी गाउँपालिका क्षेत्रमा पर्ने सडकको खाल्डाखुल्डी पुर्ने काम भइरहेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया