Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बागमती

विद्यार्थीको नोबेल पुरस्कार ‘हल्ट प्राइज’ मकवानपुर बहुमुखी क्याम्पसमा हुने

इकागज |
कात्तिक ८, २०७९ मंगलबार १५:२७ बजे

मकवानपुर । विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ मकवानपुर बहुमुखी क्याम्पसमा हुने भएको छ। 

मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी ओम प्रकाश खतिवडा (सुसान्त ) ‘हल्ट प्राइज’ क्याम्पस निर्देशक छनोट भएसँगै विद्यार्थीहरुको नोबेल पुरस्कार ‘हल्ट प्राइज’ क्याम्पसमा पहिलो पटक हुन लागेको हो । यो संगै मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुको लागि विश्वभरीका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्ने ढोका खुलेको छ । 


विश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेशनल बिजनेस स्कुल र संयुक्त राष्ट्र सङ्घले संयुक्त रुपमा आयोजना गर्दछ। विद्यार्थीहरुलाई कुनै एउटा सामजिक विषयको शीर्षक दिएर सो शीर्षकमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउने विद्यार्थीको समूहले दश लाख अमेरिकी डलर जित्न सक्ने छ । 

खाद्य सुरक्षा, पानी, उर्जा, शिक्षाजस्ता विषयमा आधारित रहेर हरेक वर्ष अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन्ले भिन्न शीर्षक छान्ने गर्दछन् । मकवानपुर बहुमुखी क्याम्पसमा प्रथम भएको विद्यार्थीको समूह क्षेत्रीय हुँदै अन्तिम चरणसम्म पुग्न सक्नेछन् । मकवानपुर बहुमुखी क्याम्पसमा हुने यस कार्यक्रममा क्याम्पसमा व्यवस्थापन, मानविकी तथा समाजशास्त्र र शिक्षा संकायमा स्नातक वा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने छन् ।

विद्यार्थीहरुले तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन्। धेरै विद्यार्थीको सहभागिताको लागि हल्ट प्राइजको बारे जानकारीमूलक कार्यक्रमहरु गर्ने योजनामा रहेको क्याम्पस निर्देशक खतिवडाले बताए ।


Author

थप समाचार
x