Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बागमती

हेटौंडामा रगतको अभाव, रक्तदान गर्न आह्वान

इकागज |
कात्तिक १५, २०७९ मंगलबार १९:१९ बजे

हेटौंडा- हेटौंडामा रगतको अभाव भएको छ । रगतको माग धेरै भएकाले रक्तसञ्चार केन्द्र हेटौंडाले रक्तदान गर्न आह्वान गरेको छ ।

अहिले बजारमा रगतको अभाव र माग बढी भएकाले रक्तदान गर्न आह्वान गरिएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंकप्रसाद दहालले बताए । अहिले रगतको अत्यधिक मागसँगै अभावको स्थिति रहेको उनले बताए । उनका अनुसार तिहार अगाडि अर्थात् कात्तिक ५ गते एउटा रक्तदान कार्यक्रम भएपछि रक्तदान कार्यक्रम भएको छैन । दैनिक रूपमा रगतको माग बढी रहँदा रक्तसञ्चार केन्द्रमा रगत नभएको उनले बताए ।


यता रक्तसञ्चार केन्द्रले आवश्यक परेका बेला बोलाउँदा रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गर्ने समूहका रक्तदातालाई पनि डेंगु संक्रमण भएकाले अभावका बेला रगतको मागअनुसार आपूर्ति व्यवस्था मिलाउन गाह्रो भएको उनको भनाइ छ ।

अहिले ‘ओ’ पोजेटिभ समूहको रगत मात्र केन्द्रसँग मौज्दातमा रहेको दाहालले बताए । ‘ए’ पोजेटिभ/नेगेटिभ, ‘बि’ पोजेटिभ/नेगेटिभ समूहको रगत अभाव भएको छ ।


Author

थप समाचार
x