बागमती

इमान्दार भएर काम गर्न मातहतका निकायलाई मेयर शाहकाे निर्देशन

इकागज |
कात्तिक १६, २०७९ बुधबार १७:५२ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले इमान्दार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उनको भनाइ थियो । बुधबार काठमाडौँमा आयोजित ‘काठमाडौँ महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने धारणा समेत राखेका छन् ।


जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरूपण गराउन भ्रष्ट आचरण भएकाहरूले बाधा अवरोध पुर्‍याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने मेयर शाहले बताए ।

मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निस्तेज पार्न सकिने बताए ।


Author

थप समाचार
x