थाहा फाेटो प्रदर्शनी : पर्यटन प्रवर्द्धनमा सहयाेग गर्ने बर्ताैलाकाे प्रतिबद्धता
मकवानपुर । काठमाडौँकोे वसन्तपुर (काल भैरव) डबलीमा जारी थाहा फोटो प्रदर्शनी २०७९ मा मकवानपुर– २ का उम्मेदवार महेश कुमार बर्तौलाले अवलोकन गरेका छन् । उत्तरी मकवानपुरकाे पर्यटन प्रवर्द्धनका लागि कात्तिक १८ गते शुक्रबारबाट सुरु फाेटो प्रदर्शनकाे नेकपा एमाले तर्फका उम्मेद्वार बर्ताैलाले शनिबार अवलाेकन गरेका हुन् ।
थाहा नगरपालिकाकाे आयाेजनामा भइरहेकाे फाेटाे प्रदर्शनीकाे अवलोकनमा क्रममा बर्तौलाले आफ्नो क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयाेग गर्ने बताए । बर्ताैलाले निर्वाचनपछि आफूले विशेषगरी चित्लाङ् चन्द्रागिरी हुँदै थाहा जोड्ने सडकलाई स्तरीकरण गरेर काठ्माडाैं, भक्तपुर, ललितपुरलगायतका स्थानबाट आन्तरिक पर्यटकलाई थाहा नगरमा भित्र्याउने सहयाेग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।
बर्तौलाले आफू उम्मेदवार रहेकाे क्षेत्रमा पर्यटन विकासकाे राम्राे सम्भावना रहेकाे भन्दै थाहाको नगरको चित्लाङ दामन, पालुङ, बज्रबाराहीसहित कैलाश गाउँपालिकाको कैलाश बैकुण्ठ, भिमफेदीको मैत्री बगैचा बाह्रघुम्ती हुँदै भिमफेदीको एतिहासिक महत्व बाेकेकाे चिसापानीगढीको क्षेत्र र ईन्द्रसरोवर गाउँपालिकाको ताललाई पर्यटन मार्ग बनाएर अघि बढ्ने बताए ।
शुक्रवार नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले उद्धघाटन गरेको प्रदर्शनीमा थाहा र ईन्द्रसरोबरका करिव एक सय तस्वीरहरु प्रदर्शनीमा राखिएकाे छ । नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको फोटो प्रदर्शनी प्रदर्शनी उपत्यकाका विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र आम नागरिकलाई लक्षित गरी गरिएको कार्यक्रम संयोजक ईन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । प्रर्दशनीमा थाहा र इन्द्रसरोबरको विभिन्न विधाका करिब एक सय तस्वीरहरु अवलोकनको लागि राखिएको छ । यसैगरी तस्वीरको बारेमा जानकारी खुल्ने लेख समेत राखिएका छन ।
प्रर्दशनीमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका क्षेत्रको प्राकृतिक सुन्दरता, हिमश्रृङखलाको दृश्यावलोकन, एतिहासिक मठमन्दिर, पार्टी पौवा, सम्यता संस्कृती, धार्मीक क्षेत्र मेलाजात्रा, ग्रामीण जीवनशैली, स्वच्छ तथा सफा वातावरणको फोटोहरु राखिएको थाहा नगरपालिकाका नग रप्रमुख बिष्णुबहादुर बिष्टले बताए । कात्तिक २० गतेसम्म हुने प्रदर्शनी हरेक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म अवलोकन गर्न सकिने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया