निर्वाचन सामग्री हेटौँडा आइपुग्यो
हेटौँडा- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री मकवानपुर आइपुगेको छ ।
मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाका अनुसार मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ र सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (१) र (२) तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ र सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (१) र (२) का लागि प्रत्यक्षतर्फको मतपत्रसँगै अन्य सामग्री आज हेटौँडा आइपुगेको हो ।
निर्वाचन आयोगको कार्यालय काठमाडौँबाट ल्याइएको सो सामग्री नेपाली सेनाको टोलीले हेटौँडास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज हस्तान्तरण गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी तीर्थ भट्टराईले जानकारी दिए । जिल्लाको क्षेत्र नम्बर १ को प्रतिनिधि सभातर्फ १ लाख ६६ हजार र प्रदेश सभातर्फ एक लाख ६८ हजार तथा क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फ एक लाख ६६ हजार र प्रदेशसभातर्फ एक लाख ६७ हजार प्रत्यक्षतर्फको मतपत्र हेटौँडा आइपुगेको हो ।
समानुपातिकतर्फको मतपत्र भने केही दिनअघि नै आइपुगेको थियो । मकवानपुरमा ३६४ वटा मतदान केन्द्र रहेको छ भने कूल तीन लाख सात सय ३३ मतदाता रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया