Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बागमती

प्रत्यक्षतर्फको ३ लाख ३२ हजार थान मतपत्र मकवानपुर आइपुग्यो

इकागज |
कात्तिक २४, २०७९ बिहीबार १९:६ बजे

मकवानपुर- आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर जिल्लाको लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छ ।  

प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत निर्वाचन आयोगले पठाएको प्रत्यक्षतर्फको ३ लाख ३२ हजार मतपत्र आइपुगेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । 


मकवानपुर निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत समेत रहेका मुख्य निर्वाचन अधिकृत निरौलाले क्षेत्र नं १ मा १ लाख ६६ हजार मतपत्र आइपुगेको जानकारी दिए । उनका अनुसार यस निर्वाचन क्षत्रमा कूल १ लाख ५० हजार १ सय ५५ जना मतदाता रहेका छन् । यसैगरी अधिकृत निरौलाले निर्वाचन क्षेत्र नम्बर १ को (क) का लागि ८६ हजार र (ख) का लागि ८० हजार मतपत्र विभाजन गरि तयारी अवस्थामा राखिएको पनि जानकारी दिए ।

मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा ७७ हजार ९ सय ८९ जना र प्रदेश सभा (ख) मा ७२ हजार १ सय ६६ जना मतदाता रहेका छन् । 

मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ६० हजार पाँच सय ७८ मतदाताका लागि १ लाख ६६ हजार थान मतपत्र प्राप्त भएको निर्वाचन अधिकृत मुकुन्दहरी पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा (क) मा ८३ हजार ९९ जना र प्रदेश सभा (ख) मा ७७ हजार चार सय ७९ मतदाता रहेका छन् । 

यसअघि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको लागि गत असोज ३० गते नै मतपत्र आइसकेको छ । कूल ३ लाख सात ३७ जना मतदाता रहेको मकवानपुरमा ३ सय ६४ वटा मतदान स्थल तोकिएको छ । ति मतदान स्थलमा मतदाताको संख्याको अनुपातमा मतदान केन्द्र समेत निर्धारण गरिएको छ । 

यसै गरि मकवानपुरका दुवै निर्वाचन अधिकृतको कार्यालयले आआफ्नो निर्वाचन क्षेत्रमा खटाउने कर्मचारीको नामावली सार्वजनिक गरेको छ । जिल्लाका सरकारी कार्यालय, संस्थान, बैंक, विद्यालयहरूको बागमती प्रदेश निर्वाचन कार्यालयले एकीकृत गरी पठाए अनुसारको कर्मचारी विवरण सार्वजनिक गरेको हो ।


Author

थप समाचार
x