मकवानपुरमा नेपाल परिवार दलले एमालेलाई सहयाेग गर्ने
मकवानपुर- मंसिर ४ गते हुने निर्वाचनमा नेपाल परिवार दलले मकवानपुर जिल्लामा नेकपा एमालेलाई सहयाेग गर्ने भएकाे छ । एमालेबाट जिल्लामा उम्मेदवार बनेका प्रतिनिधि सभा तथा प्रदेश सभाका ६ जना उम्मेदवारलाई सहयोग गर्ने दलले जनाएकाे छ ।
शनिबार परिवार दलका तर्फबाट जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हरिबहादुर लोप्चनले पत्रकार सम्मेलन मार्फत आफ्नो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभातर्फ एमालेका उम्मेदवारलाई मतदान गर्ने बताए । परिवार दलभित्र आबद्ध रहेका र बाहिर समेत रहेका आम नागरिकलाई एमाले नै राष्ट्रियताको पक्षमा उभिएको पार्टी भएकाले मतदान गर्न लोप्चनले आग्रह समेत गरेका छन् ।
परिवार दलले मकवानपुरमा एमालेका उम्मेदवारलाई सहयाेग गर्ने कदम सकारात्मक रहेको एमाले मकवानपुर प्रचार विभाग प्रमुख धुर्वप्रसाद चौलागाईंले बताए ।
निर्वाचनमा एमाले तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा कमल थापा, क्षेत्र नम्बर–१ प्रदेश सभा (क) मा कमल विष्ट, प्रदेश सभा (ख) मा एकालाल श्रेष्ठ, क्षेत्र नम्बर–२ मा महेशकुमार बर्तौला, क्षेत्र नम्बर–२ प्रदेश सभा (क) मा विष्णुप्रसाद ढकाल र प्रदेश सभा (ख) मा लालबहादुर थापा उम्मेदवार रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया