'यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौँ उपत्यकामा सवारी दुर्घटना कम हुन्छ'
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'ले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौँ उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
संघीय संसद्बाट काठमाडौँ उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि सोसम्बन्धी विधेयक पारित भएको उल्लेख गर्दै उनले त्यसबाट सो क्षेत्रको सडक दुर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका हुन् । सेयर सबै सार्वजनिक सवारी साधनहरूको बराबर हुने गरी सो विधेयक पास भएकाले सवारी साधनहरूबीच अस्वस्थ प्रतिस्पर्धा भई दुर्घटना हुने काममा कमी आउने उनको भनाइ थियो ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाइकल लगायतका दुई पाङग्रे सवारी साधनको चाप बढेको उल्लेख गर्दै मेयर शाहले त्यसको व्यवस्थापनका लागि पनि सम्बन्धित पक्षहरूबीच बिस्तारै सहकार्य गर्दै लैजानुपर्नेमा जोड दिइएको बताए ।
मेयर शाहले काठमाडौँ उपत्यकाभित्र हुने सवारी दुर्घटनामा परी घाइते भएकाहरूको तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भइरहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया