Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बागमती

गठबन्धनले जनताको मताधिकारमा कुठाराघात गर्‍याे : डोरमणि पौडेल

इकागज |
कात्तिक २९, २०७९ मंगलबार २१:२८ बजे

मकवानपुर- बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गठबन्धनले जनताको मत हाल्न पाउने अधिकारलाई कुठाराघात गरेको बताएका छन् । आफ्नो पार्टीमा भोट हाल्न पाउने अधिकारलाई रोकेर गठबन्धनको नाममा उम्मेदवारी नै नदिएको उनले बताए । उनले चुनावी सभामा भने, ‘नेकपा एमालेको सरकार बन्नु बाहेकको विकल्प छैन ।’

बहुमत आउन सक्नेभन्दा कम क्षेत्रमा उम्मेदवार खडा गरेर बहुमत ल्याउने सबै पार्टीले अस्तित्व गुमाएको उनले बताए । ‘बहुमत ल्याउन नसक्ने गरि उम्मेदवारी दिने पार्टीले देशको भलो गर्न सक्दैन,’ पाैडेलले भने, ‘गठबन्धनका मान्छे पूर्व जानुपर्ने पश्चिम जान्छन् पश्चिम जाने पूर्व जान्छ्न्, यस्ताले देशलाई समृद्ध बनाउन सक्दैनन् ।’


गठबन्धनको अहिलेको योजना लुट्ने र खाने मात्र भएको भन्दै यस्तो प्रवृत्तिलाई निर्वाचनबाट बढार्नु पर्ने उनकाे भनाइ थियाे । विकास चाहने हो भने एमालेको सरकार बन्नुपर्ने भन्दै छोटै समयमा धेरै काम गरेपनि विकास एमालेको पालामा भएको उनले जानकारी दिए ।

वर्तमान सरकार विदेशीका लागि कम्फर्टेबल सरकार बनाउन लागिपरेको छ,' उनले भने, ‘अहिले हामीले विदेशीका लागि नभइ नेपालीका लागि सरकार निर्माण गर्नुपर्छ त्याे सरकार एमालेले मात्र बनाउने छ ।’ जनताको काम गर्न केपी ओली अझै पनि जनताको काममा रातदिन खटिरहेको पनि उनले बताए ।

यस्तै मकवानपुरकाे अर्काे औँद्योगिक क्षेत्र मयुरधाप औँद्योगिक क्षेत्रको सुरुवात भएपछि हेटौंडा उपमहानगरपालिका क्षेत्र र १४ नम्बर वडावासीले प्रत्यक्ष लाभ लिने उनले बताए ।


Author

थप समाचार
x